प्रचण्डको सचिवालयले भन्यो – गणेश राईलगायतलाई अघिल्लो सरकारले व्यवस्थापन गरेको हो, भ्रम नफैलाइयोस्

नेपालभ्युज

प्रचण्डको सचिवालयले भन्यो – गणेश राईलगायतलाई अघिल्लो सरकारले व्यवस्थापन गरेको हो, भ्रम नफैलाइयोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ‘प्रचण्डले हटाएका गणेश राईलाई ओलीले राखे’लगायतका शीर्षकमा सम्प्रेषण भएका समाचारको खण्डन गरेको छ ।

राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत् ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा छोटो संगठन तथा व्यवस्थापन सर्भे गरेर दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने निर्णय अघिल्लो सरकारले नै गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र संघीय मामला मन्त्रालयका मन्त्री र सचिवसहितको बैठकले उक्त निर्णय गरेको मल्लले बताए ।

‘अहिले ‘प्रचण्डले हटाएका गणेशलाई राई ओलीले राखे’, ‘रमेश मल्लले हटाएको थियो गणेशलाई’ जस्ता मित्थ्या आरोपमार्फत् भावनात्मक सद्भाव बटुल्ने र हामीमाथि हिलो छ्याप्ने कोशिस गरिएको छ । सरकारका प्रधानमन्त्रीबाटै उक्त विषयलाई विषयान्तर गर्ने, ओहोदाको ख्याल नगरी भ्रामक पोष्ट गर्ने गरेको देख्दा अचम्म लागेको छ । तसर्थ, भ्रामक प्रचारबाट मुक्त भई सत्य सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गर्दछु ।’ सचिवालयले भनेको छ ।

राईलगायतको व्यवस्थापन गर्ने जिम्मेवारी अहिलेको सरकारको रहेको मल्ल बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved