काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध

नेपालभ्युज

काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध
फाइल फोटो

काठमाडौं । शनिबार राति परेको भारी वर्षाका कारण काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथ विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार कम्तीमा पाँच ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ।

मकवानपुरको महादेवटार र कार्कीबास क्षेत्रमा ठूलो पहिरो खसेको र सडक पूर्णरूपमा बन्द रहेको छ।

सडक विभाग र स्थानीय प्रशासनले बाटो खुलाउने प्रयास गरिरहेका छन् । सडक खुल्न केही समय छ।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। सो सडकमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved