काठमाडौं । इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहले इजरायलमा पछिल्लो १० महिना यताकै सबैभन्दा ठूलो हमला गरेको छ ।
आतङ्ककारी संगठनले शनिबार गोलान हाइट्सको फुटबल मैदानमा लेबनानबाट रकेट प्रहार गरेको थियो । यस हमलामा १२ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।
टाइम्स अफ इजरायलका अनुसार मृत्यु हुनेमा अधिकांश १० देखि २० वर्षका छन् ।
अमेरिकी भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आक्रमणको सूचना पाएलगत्तै स्वदेश फर्किएका छन् ।
हिजबुल्लाहले सुरूमा आक्रमणको जिम्मेवारी लिएको थियो । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्ता लिएको थियो ।
इजरायलको सैन्य आईडीएफकाअनुसार यो हमला फलाक(१ रकेटले गरिएको थियो, जुन हिजबुल्लाहले मात्र प्रयोग गर्दछ ।
इजरायलका विदेशमन्त्री इजरायल काट्जले हिजबुल्लाहले सबै सीमा नाघेकोमा कुनै शंका नरहेको बताएका छन् ।
‘हामी निश्चित रूपमा यसको जवाफ दिनेछौं । हामी आतंकवादी संगठनसँगको युद्धको सुरूवातको धेरै नजिक छौं ।’ उनले भने ।
Facebook Comment
Comment