महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्दै

नेपालभ्युज

महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्दै

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् ।

खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ ।

घरेलु मैदानको फाइदा उठाउदै श्रीलंका पहिलो पटक उपाधि जित्ने लक्ष्यमा मैदान उत्रने छ भने भारत आठौं उपाधि रक्षा गर्ने योजनामा छ ।
पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंका फाइनल पुगेको हो भने बंगलादेशलाई हराउदै भारत उपाधि नजिक पुगेको हो ।

यो सँगै भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको छ भने सात पटकको च्याम्पियन पनि हो ।

पाँच पटक फाइनल पुगे पनि श्रीलंका भने अहिले सम्म उपाधि जित्नबाट चुकेको छ ।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved