काठमाडौं उपत्यकाका सबै स्थानीय निकायमा आज शोक बिदा

नेपालभ्युज

काठमाडौं उपत्यकाका सबै स्थानीय निकायमा आज शोक बिदा
फाइल तस्वीर ।

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको शोकमा आज काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आज शोक बिदा दिइएको छ ।

गत बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन् ।

मृगौला रोगबाट पीडित मेयर नकर्मीको उपचारका क्रममा गत बिहिबार वीर अस्पतालमा निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved