साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि नसिवको शव बुझियो

नेपालभ्युज

साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि नसिवको शव बुझियो

काठमाडौं ।  धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवार र अस्पताल प्रशासनबीच पीडित परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।  नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका यस्तो सहमति भएपछि आफन्तले शव बुझेका हुन् ।

प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति पनि भएको छ। यस्तै पोष्टमार्टम गरेर घरसम्म शव पुर्‍याउन पनि अस्पतालले सहयोग गर्ने सहमति भएको मृतकका एक  आफन्तले जानकारी दिए ।

सहमतिपछि नोभा अस्पतालको वार्डमा दुई दिनदेखि राखिएको नसिवको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल लगिएको उनले बताए । अस्पताल तोडफोड हुन थालेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्दा पीडित पक्षका ३ जना घाइते भएका थिए।

साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका १७ वर्षीय नसिव चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । उनी जन्डिसका बिरामी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved