प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो

नेपालभ्युज

प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ ।

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

बैठक सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरूद्ध यौन शोषण गरेको उजुरी परेको थियो ।

सोही कारण प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन । सोमबार बस्ने बैठकमा यसबारे निर्णय हुनसक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved