ओली आएपछि आधा हातले नै कम्प्युटर चलाउने गणेश राईको पनि फर्कियो जागिर

नेपालभ्युज

ओली आएपछि आधा हातले नै कम्प्युटर चलाउने गणेश राईको पनि फर्कियो जागिर

काठमाडौं । फरक क्षमता भएका गणेश राई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा थिए । पछि अरूको नेतृत्वमा सरकार बनेपछि उनलाई हटाइएको थियो ।

अहिले फेरि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पुनरागमन भएसँगै आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईले पनि सचिवालयमा पुनः अवसर पाएका छन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखो थिए । दुवै हात नभएको व्यक्तिको क्षमता देखेपछि ओलीले आफ्नो सचिवालयमा राख्न निर्देशन दिएका थिए ।

तर उनी प्रधानमन्त्रीबाट बहिर्गमन भएसँगै गणेशलाई पनि हटाइएको थियो । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुनः गणेशलाई अवसर दिए । पछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई हटाइएको थियो ।

हाल पुनः ओली प्रधानमन्त्री बनेपछि गणेशको खोजी गरेको एमाले नेता विशाल भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् । त्यसपछि पुनः गणेशको जागिर पनि सचिवालयमा सुनिश्चित गरिएको भट्टराईले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved