बंगलादेश : प्रदर्शनकारीका नेताहरू अस्पतालबाट पक्राउ

नेपालभ्युज

बंगलादेश : प्रदर्शनकारीका नेताहरू अस्पतालबाट पक्राउ

ढाका । बंगलादेशी प्रहरी जासुसहरूले शुक्रबार घातक अशान्तिको आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई अस्पतालबाट डिस्चार्ज गर्न बाध्य बनाई अज्ञात स्थानमा लगेको एक कर्मचारीले बताएका छन् ।

आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्य हुन् । उक्त समूह निजामती सेवा भर्ती नियमविरुद्ध हालै सडक र्याली आयोजना गर्न जिम्मेबार छ ।

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएको रिपोर्टअनुसार प्रहरीको कारवाही र झडपहरूमा कम्तीमा एक सय ९३ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

तीनै जना नेताको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उनीहरू हिरासतमा प्रहरीको यातनाका कारण घाइते भएका थिए ।

गोनोष्ठय अस्पतालका सुपरभाइजर अनवरा बेगम लकीले भने, “प्रहरीले उनीहरूलाई हामीबाट लगे, उनीहरू जासुसी शाखाका थिए ।” विद्यार्थी नेताहरूलाई आफूले डिस्चार्ज गर्न नचाहेको तर प्रहरीले अस्पताल प्रमुखमाथि डिस्चार्ज गर्न दबाब दिएको उनले बताए ।

इस्लामकी दिदी फातेमा तस्निमले सादा कपडा लगाएका जासुसहरूले तीनजनालाई लगेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved