कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेपालभ्युज

कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र राजीनामा दिएको बताए ।

यद्यपि मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अब राष्ट्रिय सहमतिको सरकार नबन्ने भयो भनेपछि आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको आङ्बोले बताए ।

यद्यपि लामो समयसम्म समर्थन नदिने प्रस्ट पार्दै उनले उपधारा ५ अनुसार बनेको सरकारको समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएको कारण पछि धकेलिएको आङ्बोले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved