म पनि मिडियाबाट भिक्टिम भएँ : महासचिव पाण्डेय

नेपालभ्युज

म पनि मिडियाबाट भिक्टिम भएँ : महासचिव पाण्डेय

धुलिखेल । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आफू पनि मिडियाबाट भिक्टिम भएको बताएका छन् ।

धुलिखेलमा आयोजित संघीय संसद् राष्ट्रिय सभाका पदाधिकारी र संचारकर्मीबीच अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

‘मेरो विषय मिडिया ट्राइल गर्न खोजियो । हुँदै नभएको विषयमा नाम चलेकै अनलाइनले १२ वटासम्म समाचार मविरूद्ध लेखे, त्यसपछि मैले गन्नै छाडिदिएँ,’ उनले भने ।

अपुष्ट प्रमाण भएको समाचार हालेर आफूलाई मिडिया भिक्टिम बनाएको उनको भनाइ छ । उनको यो अभिव्यक्ति केहिअघि उनको नागरिकता जन्ममिति विवादसम्बन्धी समाचारप्रति लक्षित थियो ।

राज्यको चौथो अंगको रूपमा रहेका पत्रकारहरूलाई मिडिया ट्रायल नगरी तथ्यपुर्ण समाचार सम्प्रेषण गर्नसमेत उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved