गौशाला २६ को निर्णय – मेरो मानसिक असरको फाइदा उठाउँदै सन्दीपविरुद्ध भ्रमपूर्ण खबर फैलाइयो, सर्वोच्च जान्नँ

नेपालभ्युज

गौशाला २६ को निर्णय – मेरो मानसिक असरको फाइदा उठाउँदै सन्दीपविरुद्ध भ्रमपूर्ण खबर फैलाइयो, सर्वोच्च जान्नँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ ले निवेदन दर्ता गरेकी छन् ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर मुद्दालाई थप अगाडि नबढाउन निवेदन दिएकी हुन् । साथै, उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् ।

केही संस्था तथा व्यक्तिले बलात्कार मुद्दा दर्ता भएदेखि नै आफूलाई मानसिक रूपमा परेको असरको फाइदा उठाएको उनको भनाइ छ ।

‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरूद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।’ निवेदनमा भनिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved