निर्माण व्यवसायीलाई बम्पर छुट, चेक नमिल्दा कालोसूचीमा पर्ने व्यवस्था हटाइयो 

नेपालभ्युज

निर्माण व्यवसायीलाई बम्पर छुट, चेक नमिल्दा कालोसूचीमा पर्ने व्यवस्था हटाइयो 

काठमाडौं । चालु आवको मौद्रिक नीतिले निर्माण व्यवसायीहरूलाई बम्पर छुट दिने नयाँ व्यवस्था ल्याएको छ । शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले निर्माण व्यवसायीहरूलाई बम्पर छुट दिने व्यवस्था आएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र १६ औं पञ्च वर्षीय योजना अनुसारको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको उनको भनाई छ । यससँगै, चेक अनादरको कारण कुनै व्यक्ति कालोसूचीमा पर्ने व्यवस्थालाई हटाइएको छ ।

यस्तै, निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने केन्द्रीय बैंकले जनाएको छ ।

परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेता पनि कर्जाको साँवा ब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved