टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुट्यो, परामर्श लिएर अन्तिम रूप दिइने

नेपालभ्युज

टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुट्यो, परामर्श लिएर अन्तिम रूप दिइने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सैद्धान्तिक रूपमा सहमति जुटेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सैद्धान्तिक सहमति भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए ।

आजै टुंग्याउने भनिएपछि बाँकी विषयमा सरोकारवालाहरूलाई छलफल गरेर प्रतिवेदन तयार गरिने उनले बताए । उनले भने, ‘सैद्धान्तिक रूपमा हामी सहमतिकै ठाउँमा आइसकेका छौं । शब्द भाषाहरू मिलाउने हिसाबले संविधान उपयुक्त बनाउँन बाँकी छन् । हामीले मुख्य कुरा पीडित केन्द्रित बनाउने नै भनेका छौं ।’

यस्तै, कार्यदलका संयोजक महेश बर्तौँलाले पनि बैठकले अन्तिम रूप दिनको लागि आवश्यक परामर्श गर्ने निर्णय भएको जानकारी दिए ।

‘हामी यो विषयलाई अन्तिम रूप दिँदैछौं । फाइनल गर्नको लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ ।’ बर्तौँलाले भने ।

कार्यदलमा कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौँला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।

दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरू भएपनि निष्कर्षमा पुगिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved