कीर्तिपुरका मेयर नकर्मीको निधन, पालिकामा आज शोक विदा

नेपालभ्युज

कीर्तिपुरका मेयर नकर्मीको निधन, पालिकामा आज शोक विदा

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको बिहिबार राति पौने  ९  बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गिय नकर्मीको शवलाई बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने भएको छ ।

नकर्मीको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन ।

नकर्मी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रमुखको निधनसँगै नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का वडाध्यक्ष र कार्यपालिका सदस्य श्याम दानकोटीको पनि निधन भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved