पेरिस ओलम्पिकको आज भव्य उद्घाटन हुँदै, दुई सय बढी देशका हजारौं खेलाडीको सहभागिता रहने

हेर्नुहोस् तस्वीरमा

नेपालभ्युज

पेरिस ओलम्पिकको आज भव्य उद्घाटन हुँदै, दुई सय बढी देशका हजारौं खेलाडीको सहभागिता रहने

काठमाडौं । खेलकुदको कुम्भ मेला ओलम्पिकको ३३ औँ संस्करणको आज शुक्रबार फ्रान्सको पेरिसमा औपचारिक उद्घाटन हुँदै छ । नेपाली समय अनुसार राति ११ बजे उद्घाटन समारोह सुरु हुने छ ।

ओलम्पिक साउन २७ गतेसम्म सञ्चालन हुने छ ।

औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको प्रतिस्पर्धा सुरु भइसकेको छ ।

पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक र भव्य उद्घाटन समारोह गर्ने तयारी गरेको छ ।

पेरिसको सेन नदीको किनारामा उद्घाटन हुनेछ यसअघिका उद्घाटन स्टेडियममा गर्ने प्रचलन थियो ।

उद्घाटन समारोहमा खेलाडीले सेन नदीबाट डुङ्गामा चढेर पेरिसको यात्रा गर्नेछन् ।

उद्घाटन समारोहका लागि विभिन्न शहरलाई सिँगारिएको छ । सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ ।
यसै गरी आइफल टावरको चाम्प डे मार्समा बिच भलिबलको प्रतियोगिता हुने छ ।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् । यसपालि रुस र बेलारुसले भने ओलम्पिकमा औपचारिक सहभागिता जनाएको छैन ।

ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको संख्या झन्डै बराबर छ । खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिदैछ ।

ओलम्पिकका लागि पेरिसमा १५ वटा खेल स्थलको व्यवस्था गरिएको छ । जहाँ ३२ मध्ये २१ वटा खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका सहरमा गरिने छ ।

१७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन् । पेरिस ओलम्पिकका लागि झण्डै १० बिलियन डलर खर्च हुने अनुमान गरिएको छ ।

पेरिस ओलम्पिकलाई एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने अनुमान छ ।
पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेका छन् ।

ओलम्पिक सकिदासम्म एक करोड टिकट बिक्री हुने अनुमान गरिएको छ । पेरिसमा सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सेना र ४० हजार प्रहरी तैनाथ गरिएको छ ।

१२४ वर्षअघि पेरिसम ओलम्पिक आयोजना गरिएको थियो ।

सोही ओलम्पिकबाट पहिलोपटक महिला खेलाडीले सहभागिता जनाएका थिए । त्यो बेला २२ महिला खेलाडीले ओलम्पिकमा भाग लिएका थिए ।

यो पटकको ओलम्पिकमा नेपालका ७ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछ्न् ।

नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved