पहिरोले पुरेर रामेछापमा तीन जना किशोरीको मृत्यु

नेपालभ्युज

पहिरोले पुरेर रामेछापमा तीन जना किशोरीको मृत्यु
फाइल फोटो

काठमाडौं । पहिरोले पुरिएर रामेछापमा ३ किशोरीको मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका–६ फर्पु मा बिहिबार राति खसेको पहिरोले पुरिदा तीनजना किशोरीको मृत्यु भएको हो ।

पहिरोले घर पुरिदा १७ वर्षिया सिता तामाङ, १४ वर्षिया आसिका तामाङ र १३ वर्षिया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको ढिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घरको अर्को कोठामा रहेका विमान तामाङ र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगंगा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।

घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved