मौद्रिक नीति आज सार्वजनिक गरिने, बोर्ड बैठक बस्दै

नेपालभ्युज

मौद्रिक नीति आज सार्वजनिक गरिने, बोर्ड बैठक बस्दै

काठमाडौं । राष्ट्र बैंकले आज मौद्रिक नीति आज सार्वजनिक गर्ने बताएको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ ।

गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको कार्यक्रम आज सार्वजनिक गरिने भएको हो ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो ।

डा. खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर पनि भएकाले उनका थप केही सुझावका लागि मौद्रिक नीति सार्वजनिक कार्यक्रम पर सारिएको अनुमान गरिएको छ ।

बैंकको बोर्ड बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

शेयर बजार, घरजग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने बुझिएको छ ।

शेयर धितो कर्जालाई व्यक्तिका हकमा ३० करोड र संस्थाका हकमा ५० करोड बनाउन खोजिएको छ । घर जग्गा कर्जाको सीमा पनि बढाउने तयारी गरिएको छ ।

बैकले प्रवाह गर्ने कुल ऋणको कति प्रतिशत कुन क्षेत्रमा ऋण प्रवाह गर्ने सीमामा पनि केही हेरफेर हुने स्रोतको भनाई छ ।

यस पटकको मौद्रिक नीतिलाई निजी क्षेत्रसहित अधिकांशले चासोका साथ पर्खिएका छन् । सरकारले पनि आर्थिक संकटलाई समाधान गर्ने गरिको नीति ल्याउने बताउदै आएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved