मोहन नदीको बाढीले सशस्त्रको लल्लिपुर बीओपी विस्थापित

नेपालभ्युज

मोहन नदीको बाढीले सशस्त्रको लल्लिपुर बीओपी विस्थापित

धनगढी । सुरक्षाको उदेश्यले सीमा क्षेत्रमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको बीओपी बाढीका कारण विस्थापित हुनु परेको छ ।

मोहन नदीमा आएको बाढीका कैलालीको धनगढी उपमहानगरपालिका-१९ स्थित सीमामा तैनाथ सशस्त्र प्रहरीको लल्लिपुर बीओपी विस्थापित भएको हो ।

विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै बसिरहेको छ । सीमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते स्थापना भएको बीओपी असार २४ गते विस्थापित भएको हो ।

बढीले बीओपीको प्रतीक्षालय, सेन्ट्रीपोष्ट र आँगन बगाईसकेको छ ।

बाढीका कारण करिब ३ करोडको नोक्सान हुन थालेको बीओपी इन्चार्ज यज्ञराज भट्टराईले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved