राजकुमार ह्यारीले हजुरआमा एलिजाबेथबाट ७५ करोड रुपैयाँ उपहार पाउँदै

नेपालभ्युज

राजकुमार ह्यारीले हजुरआमा एलिजाबेथबाट ७५ करोड रुपैयाँ उपहार पाउँदै

काठमाडौं । बेलायतका राजकुमार ह्यारीले आफ्नो ४०औं जन्मदिनमा ७५ करोड रूपैयाँभन्दा बढी रकम पाउने भएका छन् ।

उनले यो रकम आफ्नी हजुरआमा र बेलायतकी स्वर्गीय महारानी एलिजाबेथबाट पाउनेछन् । महारानी एलिजाबेथले आफ्नो परिवारका लागि ट्रस्टमा ७५ करोड रूपैयाँ जम्मा गरेकी थिइन् ।

राजकुमार ह्यारी सेप्टेम्बर १५ मा ४० वर्ष पुग्दैछन् । यस अवसरमा उनले ट्रस्टको आफ्नो सेयरबाट ७५ करोड रूपैयाँभन्दा बढी पाउनेछन् । यसको विपरित, ह्यारीको जेठो भाइ प्रिन्स विलियमले आफ्नो ४०औं दिनमा मात्र औपचारिक स्वागत पाएका थिए ।

राजपरिवारसँगको विवादका कारण राजकुमार ह्यारीले औपचारिक रूपमा बेलायत छाडेका थिए । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् ।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको थियो।

यसअघि ह्यारीले सधैं आफ्नो प्राथमिक ठेगानाको रूपमा बेलायत लेख्थे। यो परिवर्तन २९ जुन २०२३ मा गरिएको थियो । गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उनकी श्रीमती मेगनले बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो।

मार्च २०२१ मा प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक अन्तर्वार्तामा शाही परिवारलाई नस्लवादको आरोप लगाए । उनले शाही परिवार आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताएका थिए, किनभने उनको जन्म हुनुअघि नै उनको अनुहार कालो हुने डर थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved