सवारी दुर्घटना : कर्णालीमा ११२ जनाको मृत्यु, मोटरसाइकल, स्कुटर धेरै दुर्घटना

नेपालभ्युज

सवारी दुर्घटना : कर्णालीमा ११२ जनाको मृत्यु, मोटरसाइकल, स्कुटर धेरै दुर्घटना

सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । सल्ल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रूकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।

यसैगरी, गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भयोभने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१ दुर्घटनामा सात जनाको मृत्यु भएको हो । समीक्षा अविधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।

दुई हजारभन्दा अधिक घाइते

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटना परी एक वर्षको अवधिमा दुई हजार ७७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच सय २४ जना गम्भीर र अन्य सामान्य छन् ।

घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार एक सय ८४ छन् भने सल्ल्यानका दुई सय ७१, रूकुमपश्चिमका एक सय ५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका एक सय ३८, जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।

मोटरसाइकल, स्कुटर र अटो दुर्घटना धेरै

कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । गत आवमा प्रदेशभर सात सय ७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । त्यसपछि एक सय ६५ वटा अटोरिक्सा, दुई सय १८ वटा जिप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन् ।

एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक/ट्याङ्कर दुर्घटना परेको प्रहरीले जनाएको छ । यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved