काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । भर्खरै गठित लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति छनौट प्रक्रियामा प्रदेश समितिलाई पूर्णतः बेवास्ता गरिएकोमा सभापति पुनले प्रदेश समितिको तर्फबाट ध्यानाकर्षण गराएका हुन् ।
‘संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठबन गर्नुपर्ने प्रावधानलाई कुच्लिएको’ गम्भीर आरोप लुम्बिनी कांग्रेसले पार्टी सभापति देउवालाई लगाएको हो । बुधबार जारी विज्ञप्तिमा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला कांग्रेसजनको भावनाविपरीत निरंकुश कार्यशैलीले प्रदेश संरचना कमजोर बन्ने सभापति पुनको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयलाई पुनर्विचार गर्न कांग्रेस केन्द्रीय नेतृत्वलाई हार्दिक आग्रह गर्दछौं ।’
Facebook Comment
Comment