प्रधानको जवाफबाट सांसदहरू सन्तुष्ट नभएपछि अनुमोदनको निर्णय सर्‍यो

नेपालभ्युज

प्रधानको जवाफबाट सांसदहरू सन्तुष्ट नभएपछि अनुमोदनको निर्णय सर्‍यो

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णीत बनेको छ ।

बुधबार बसेको समितिको बैठकपश्चात आयुक्तमा प्रधानको सिफारिस अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय अर्को बैठकबाट हुने भएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न सोधेका थिए ।

श्रेष्ठमाथि यौन दुर्व्यवहारको उजुरी परेको छ । आजको सुनवाइ मुख्यतया यही आरोपको सेरोफेरोमा घुमेको थियो । सांसदहरुले यही विषयमा प्रधानलाई धेरै प्रश्न गरेका थिए ।

प्रधानको जवाफबाट सांसदहरु सन्तुष्ट नदेखिएपछि अनुमोदनबारे निर्णय नभएको हो ।

प्रधानले शोषण गरेको भन्दै उजुरी दिएकी पीडितले आफूलाई गैरसरकारी संस्थामा जागिर लगाइदिने प्रलोभन दिएको र ब्रेन वास गरिएको उल्लेख गरेकी थिइन्।

त्यस्तै आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन्। पीडितले आफूलाई प्रधानले ुहनी ट्र्यापु को केस बनाएर जेल कोच्न खोजेकोसम्म उल्लेख गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved