सौर्य जहाज दुर्घटना: क्याप्टेन शाक्यको टाउकोमा चोट तर, खतरामुक्त

नेपालभ्युज

सौर्य जहाज दुर्घटना: क्याप्टेन शाक्यको टाउकोमा चोट तर, खतरामुक्त

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिस शाक्यको जिबितै उद्धार गरिएको छ । टाउकोमा चोट रहेका उनी बोल्न सक्छन् भने अवस्था जोखिममुक्त रहेको बताइएको छ ।

उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् । त्यसअघि उनी तत्कालीन सिम्रिक एयरलाइन्समा आबद्ध थिए ।

जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

सबै यात्रु सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved