सौर्यको जहाज दुर्घटना भएपछि सबै उडान तथा अवतरण बन्द, केही विमानहरू आकाशमै होल्ड

नेपालभ्युज

सौर्यको जहाज दुर्घटना भएपछि सबै उडान तथा अवतरण बन्द, केही विमानहरू आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ । केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् ।

जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । अझै केही समय अडान तथा अवतरण बन्द हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved