बंगलादेशबाट अहिलेसम्म १ हजार ४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

नेपालभ्युज

बंगलादेशबाट अहिलेसम्म १ हजार ४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौं । बंगलादेशमा भएको आन्दोलनका कारण परिस्थिती असहज भएपछि पढ्न गएका १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

सरकारी आरक्षण कोटा विवादमा जारी आन्दोलनका कारण त्यहाँ अध्ययनरत करिब १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबारसम्म बंगलादेशबाट१४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन् ।

उनका अनुसार बंगलादेशबाट मंगलबार ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किएका हुन् ।

ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको मन्त्री राणाको भनाई छ ।

नेपाली विद्यार्थीहरु स्थल मार्गबाट पनि नेपाल प्रवेश गरिरहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved