रास्वपाकै शैलीमा आरजुको बचाउ – उहाँमाथि पनि मिडिया ट्रायल गरी चरित्र हत्या गरियो

आइतबार संसद् बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले रानाको चरित्र हत्या गरिएको आरोप लगाएकी थिइन् । मंगलबार कांग्रेस सांसद विकले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेकोतर्फ संकेत गर्दै मन्त्री राणा आरोपित प्रमाणित भएझैँ गरेर संसदमा कुरा उठाएको बताइन् ।

नेपालभ्युज

रास्वपाकै शैलीमा आरजुको बचाउ – उहाँमाथि पनि मिडिया ट्रायल गरी चरित्र हत्या गरियो
File Photo

काठमाडौं । ९ लाख रुपैयाँ लिएर उपसभामुख इन्दिरा रानाले अमेरिकाको भिसा सिफारिस गरेको अडिओ सार्वजनिक भइसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्ले मिडिया ट्रायल गरेर चरित्र हत्या गरेको भन्दै प्रतिवाद गरेपछि कांग्रेसका सांसदहरूले पनि त्यही शैली पछ्याएका छन् ।

कांग्रेस सांसद शान्ति विकले परराष्ट्रमन्त्री आरजु राणामाथि मिडिया ट्रायल गरी चरित्र हत्या गरिएको भन्दै आक्रोश पोखेकी छन् ।

आइतबार संसद् बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले रानाको चरित्र हत्या गरिएको आरोप लगाएकी थिइन् ।

२ दिनपछि मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद विकले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेकोतर्फ संकेत गर्दै मन्त्री राणा आरोपित प्रमाणित भएझैँ गरेर संसदमा कुरा उठाएको बताइन् ।

उनले भनिन्, ‘‘कुनै पनि महिलाको बिना प्रमाण चरित्र हत्या गर्नु गलत हो । यसले महिलाको आत्मसम्मान र मर्यादालाई चोट पुर्‍याउँछु । यो एक प्रकारको मानसिक हिंसा हो । र, समाजमा लैङ्गिक समानताका लागि चुनौती हो। तर आफू दायाँबायाँ हुँदा मिडिया ट्रायल हुन्छ ?’

उनले पराराष्ट्रमन्त्री राणा पनि दुर्गम क्षेत्रमा महिला र बालबालिकाका लागि काम गरेको व्यक्ति भएको जिकिर गरिन् ।

‘‘परराष्ट्रमन्त्री आरजु राणाको आरोप प्रमाणित भएझैँ संसदमा बारम्बार उहाँको बारेमा कुरा उठेको होइन ? उहाँ पनि दुर्गम क्षेत्रमा महिला र बालबालिकाका लागि काम गरेको व्यक्तित्व हो। तर मिडिया ट्रायल गरी महिलाको चरित्र हत्या गरिएको थियो’, उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनिन्, ‘‘हिम्मत भए सहकारी पीडितहरू सडकमा रोइरहेको देख्दा जीवी राईलाई किन झिकाइएन ? आँट थिएन कि डर लाग्यो ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved