सेयर बजारमा हरियाली, २९ महिनापछि परिसूचक २५ सयको विन्दुमा 

नेपालभ्युज

सेयर बजारमा हरियाली, २९ महिनापछि परिसूचक २५ सयको विन्दुमा 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंकले बढेर २५६३ दशमलव ४३ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१७ कम्पनीका १ लाख ७१ हजार ३ सय ८७ पटकको कारोबारमा ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स १० दशमलव ४० अंकले बढ्दा फ्लोट इन्डेक्स ५ दशमलव १४ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ७८ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु सर्वाधिक बढेका छन् । आज बोटलर्स नेपाल, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हेल्थवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङ लगायतका पाँच कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट हानेको छ ।

त्यस्तै, नौ कम्पनीले ९ प्रतिशतका दरले कमाएका छन् । आज शिवम् सिमेन्टले सर्वाधिक कारोबार गरेको छ । जसको कारोबार रकम २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ रहेको छ । मंगलबार २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको घटेका छन् भने २ कम्पनी स्थिर रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved