डेडिकेटेड र ट्रंक लाइन विवादमा बस्नेतले भने: समाधान ठाडो निर्देशनमा खोज्ने ?

नेपालभ्युज

डेडिकेटेड र ट्रंक लाइन विवादमा बस्नेतले भने: समाधान ठाडो निर्देशनमा खोज्ने ?

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा निवर्तमान ऊर्जामन्त्री शक्ति बस्नेतले कानुनमा टेकेर समाधान खोज्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद बस्नेतले लाइन काटिएका उद्योगमा विद्युत् लाइन जोड्ने व्यवस्था कानुनमा र संरचनामा स्पष्ट हुँदा पनि सरकारले ठाडो निर्देशनमा काम गर्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर लाइन काटिएका उद्योगमा विद्युत् लाइन जोड्न निर्देशन दिएको विषयबारे पनि बस्नेतले आलोचना गर्दै कानुनी रूपमा गर्न आग्रह गरे ।

बस्नेतले भने, ‘‘लाइन जोड्ने वा नजोड्ने विषय नेपाल विद्युत् प्राधिकरणको विनियमावलीले गरेको व्यवस्थाभित्र सहजै समाधान हुनसक्दछ । ६० किस्तासम्मको सुविधा पनि प्राप्त भएकै थियो । जहाँसम्म प्राधिकरणले जारी गरेका बिलहरूको प्रश्न छ त्यसको निरूपण गर्ने विशेषय कानुनी र संरचनागत व्यवस्थाहरू पनि छ । पुनरावकलोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था छ । त्यो बाटो हिँडढ्नुपर्‍यो । अनि समाधान ठाडो निर्देशनमा खोज्ने ?’’

विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले अटेर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved