काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।
कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । शर्माले आज मंगलबार साँझ ५ बजेसम्म दावीका लागि समय तोकेका छन् ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् ।
प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुखबाहेक), नेकपा (एकीकृत समाजवादी)को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।
Facebook Comment
Comment