मुख्य चयनकर्ताले खुलाए हार्दिकलाई कप्तान नबनाउनुको कारण

नेपालभ्युज

मुख्य चयनकर्ताले खुलाए हार्दिकलाई कप्तान नबनाउनुको कारण

काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य चयनकर्ता अजित आगरकरले फिटनेस चिन्ताले हार्दिक पाण्डेयलाई कप्तान नबनाइएको बताएका छन् ।

श्रीलंका भ्रमणमा जानुअघि भएको पत्रकार सम्मेलनमा आगरकरले भने, ‘सूर्यकुमार यादवलाई कप्तान बनाइएको छ, किनभने उनी योग्य छन् । उनी टी–२० का उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन् । सबै खेल खेल्ने कप्तान चाहिएको थियो । हार्दिक पाण्डेयको फिटनेस उनी र टोलीका लागि चुनौती बनेको छ ।’

उनले थप भने, ‘हार्दिक निकै महत्वपूर्ण खेलाडी हुन् तर, उनको फिटनेस चिन्ताको विषय हो । उनलाई हरेक खेल खेलाउन चयनकर्ता र प्रशिक्षकलाई गाह्रो हुन्छ । हामी सबै खेल खेल्न उपलब्ध हुनेलाई कप्तान चाहन्थ्यौं । सूर्यमा सफल हुनका लागि आवश्यक सबै गुणहरू छन् ।’

हार्दिकको सट्टा सूर्यकुमारलाई कप्तान बनाउनुको कारण

गम्भीर र मुख्य चयनकर्ता आगरकरले जुलाई १८ मा श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणा गरेका थिए । टोलीको घोषणामा सबैभन्दा ठूलो निर्णय हार्दिकलाई टी-२० कप्तानी नदिने थियो ।

भारतीय कप्तान सूर्यकुमारका तीन चुनौती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved