इजरायली आक्रमणमा परेर गाजाको दक्षिणी शहरमा ७० जनाको मृत्यु

नेपालभ्युज

इजरायली आक्रमणमा परेर गाजाको दक्षिणी शहरमा ७० जनाको मृत्यु

काठमाडौं । इजरायले गरेको आक्रमणमा गाजाको दक्षिणी शहर खान युनिसमा ७० जनाको मृत्यु भएको छ ।

इजरायलको पछिल्लो आक्रमणमा कम्तिमा ७० जनाको मृत्यु भएको हो । इजरायलले गाजाका आवासीय क्षेत्रहरु खाली गर्न उर्दी जारी गर्दै आएको छ ।

सो क्षेत्रमा हमास लुकेको आशंकामा इजरायलले आक्रमण बढाउदै गएको छ ।

इजरायली सेनाले खान युनिसको पूर्वी क्षेत्रबाट उच्च विद्रोही गतिविधि र रकेट आक्रमण भएको दाबी गरेको छ ।

सो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान इजरायलले अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved