महिला एसिया कप क्रिकेटमा नेपाल आज भारतसँग खेल्दै

नेपालभ्युज

महिला एसिया कप क्रिकेटमा नेपाल आज भारतसँग खेल्दै
तस्वीर स्रोतः क्यान/फेसबुक

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

श्रीलंकामा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । सेमिफाइनलमा पुग्न नेपालले आज जित्नै पर्ने छ ।

समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा नै पराजित भएको छ ।

आजै समूह  ए का पाकिस्तान र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved