बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई उनले बहुमत हस्ताक्षरसहित दाबी बुझाएका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखले मंगलबारकै तयारी गर्न अनुरोध गरे पनि कांग्रेसले बुधबार सार्न भनिरहेको छ ।
एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थनमा आचार्यले दाबी पेस गरेका छन् । लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसद भए पुग्छ ।
मुख्यमन्त्रीको दाबी पेस गर्ने क्रममा लुम्बिनी एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी भने अनुपस्थित भएका छन् ।
गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि केन्द्रबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आचार्यलाई अघि सारेपछि गिरी असन्तुष्ट भएका हुन् ।
Facebook Comment
Comment