आक्रामक प्रश्नमाथि ओलीको शान्त जवाफ- मलाई लप्पनछप्पन गर्नु छैन, सांसदले आफ्नो गरिमा नबिर्सौं

नेपालभ्युज

आक्रामक प्रश्नमाथि ओलीको शान्त जवाफ- मलाई लप्पनछप्पन गर्नु छैन, सांसदले आफ्नो गरिमा नबिर्सौं

काठमाडौं । प्रतिनिधि सभामा दुई तिहाइ बहुमत सांसदको समर्थन पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताएका छन् ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले सदनको गरिमा र मर्यादाविपरीत सुनलाई पित्तल बनायो भनेर बोल्न नहुने बताए ।

सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट बोलेको भनेपछि प्रधानमन्त्रीले सरकारले लिनुपर्ने महसुल तिर्नुपर्ने भन्दै प्रयोग नगरेको महसुल तिर्नुनपर्ने भनेको जवाफ दिए ।

‘प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्छ तर आजको विषय होइन, नौ दश वर्षदेखि यो विषय चलिरहेको छ । लाइन काटिन्छ’, उनले प्रश्न गर्दै भने किन यस्तो भइरहेको छ । उनले आफूलाई कुनै लपनछपन गर्नु नरहेको पनि बताए ।

‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन । कुनै बैठक र कुनै तन्त्रपछि कुद्नुछैन’, प्रधानमन्त्रीले भने, ‘६० वर्ष राजनीतिक जीवन पुरा गरेको भन्दै बाँकी जीवन पनि स्वच्छताका साथ बेतित गर्छु ।’

ओलीले कहिले सुन र पित्तलको कुरा गरेको र कहिले झुटा लाञ्छना लगाउने कुरामा सांसदहरूलाई जबाफदेही बन्न सुझाव दिए । उनले सदनको गरिमा र मर्यादाविपरीत सुनलाई पित्तल बनायो भनेर बोल्न नहुने बताए ।

अरुबेलामा आक्रामक देखिएका ओली पछिल्लो समय सफ्ट देखिन्छन् ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्माणार्थ प्रस्तुत हुनुअघि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नयाँ च्याप्टरको प्रस्ताव गरेका थिए । उनले भनेका थिए, ‘साँच्चैको नयाँ च्याप्टर सुरु गरौँ । अ न्यू च्याप्टर इन नेपाली पोलिटिक्स्, यो सुरु गरौँ’, ओलीले भनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved