‘पुष्पलाल’ भन्नुपर्नेमा सांसदले ‘पुष्पकमल’ भन्दै श्रद्धाञ्जलि दिन खोजेपछि …

नेपालभ्युज

‘पुष्पलाल’ भन्नुपर्नेमा सांसदले ‘पुष्पकमल’ भन्दै श्रद्धाञ्जलि दिन खोजेपछि …

काठमाडौं । नेकपा एमालेका एक सांसदले पुष्पलाल श्रेष्ठ भन्नुपर्नेमा पुष्पकमल दाहाल उच्चारण गर्दै श्रद्धाञ्जलि दिन खोजेपछि संसद्मा माओवादी सांसदले नियमापत्ति गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद किरण साहले पुष्पलालको ४६ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन चाहेका थिए ।

बोल्ने क्रममा उनी चिप्लिए । भूलबस उनले भने, ‘‘नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल (अड्किएर) पुष्पलालज्यूको ४६ औँ स्मृति दिवस’’ ।

यत्तिभन्दा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले तुरुन्तै उठेर नियमापत्ति गरे ।

‘‘बोल्ने क्रममा माननीयले पुष्पकमल दाहाल भन्नुभयो ? के भन्न खोज्नुभएको हो ? एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ,’’ पाण्डेले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद साहलाई सोधे– ‘‘पुष्पकमल दाहाल भनेर के भन्न खोज्नु भएको हो ?’’

सांसद साहले जवाफ दिए, ‘‘पुष्पलाल भन्न खोजेको हो । क्षमा माग्न चाहन्छु ।’’

शून्य समयमै अर्का सांसद रामशंकर यादवले पनि ‘पुष्पकमल’ भने । तर, सच्याउँदै उनले पुष्पालाल भने ।

सोमबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । संसदमा पनि उनलाई सांसदहरूले सम्झिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved