पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्नलाई कारबाही गर्न राप्रपाको माग

नेपालभ्युज

पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्नलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

गए राति सर्लाहीस्थित घरमा रायको हत्या भएको थियो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य जाँचबुझ गर्न र घटनामा संलग्नको खोजी गर्दै कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य, तराई-मधेस क्षेत्रको लोकप्रिय नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved