लुम्बिनीमा विष्णु पौडेल पक्षका गिरीलाई पछि पार्दै शंकर पोखरेल निकट आचार्य मुख्यमन्त्री बन्दै

एमालेमा गुटगत प्रतिस्पर्धा

नेपालभ्युज

लुम्बिनीमा विष्णु पौडेल पक्षका गिरीलाई पछि पार्दै शंकर पोखरेल निकट आचार्य मुख्यमन्त्री बन्दै

काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीलाई छाडेर चेतनारायण आचार्यलाई रोजेको छ ।

यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्का भएको बताइएको थियो । तर, गुटगत लडाइँका कारण गिरीलाई पछि पार्दै अर्घाखाँचीका आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।

नेकपा एमाले केन्द्रको निर्देशनमा आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच गुटगत प्रतिस्पर्धा छ ।

गिरी पौडेल पक्षका हुन् भने आचार्य पोखरेलसँग नजिक छन् । आचार्यले आफूलाई मुख्यमन्त्री बनाउने निर्णय भएको पुष्टि गरे ।

यसअघि गिरी मुख्यमन्त्री थिए । तर, केन्द्रमा गठबन्धन फेरिएसँगै उनले राजीनामा दिएका थिए । कांग्रेससँगको भागवण्डामा लुम्बिनीको नेतृत्व एमालेको भागमा परेको छ ।

दुई दल मिल्दा प्रदेशमा अत्यधिक बहुमत हुन्छ । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । यसअघि आइतबार माओवादीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए ।

लुम्बिनी एमालेमा जिल्ला र प्रदेश अधिवेशनका क्रममा पनि चर्को विवाद देखिएको थियो । जिल्लामा पोखरेल समूहले बर्चस्व कायम गरेको थियो भने प्रदेशमा पौडेल हावी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved