काठमाडौं । विवेकशील साझाकी महासचिव रञ्जु दर्शनाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्र विवादमा रास्वपाका नेताहरूले गरेको तर्क लज्जास्पद भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद सुमना श्रेष्ठ, रवि लामिछानेलगायतले रानाको बचाउ गर्दै तर्क गरेपछि दर्शनाले मुख खोलेकी हुन् ।
‘‘सम्माननीय उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा अन्तरवार्ता डेटको प्रिबुकिङ गर्न आफ्नो समेत अरूहरूको पनि नाम किटान गरेर पत्र पठाउनु भएको कुरा सरासर गलत हो ।पहिलाका नेताहरूले पनि त गरेका थिए, किन केही नबोल्या भन्ने तर्क झन् लज्जास्पद हो। किनभने पुराना ठिक भएनन् भनेरै नयाँ आको होइन र ?’’ रञ्जुले सामाजिक सञ्जालमा भनेकी छन् ।
रास्वपाका अन्य नेताहरु पनि रानाको बचाउमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुखको पत्रका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच वादविवाद भएको थियो । उपसभामुखले आफूले गलत नगरेको दाबी गर्दै आएपनि सत्तापक्षका सांसदले उपसभामुखमाथि छानबिनको माग गर्दै आएका छन् ।
Facebook Comment
Comment