बाइडेनले उम्मेद्वारी फिर्ता लिए, उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने

नेपालभ्युज

बाइडेनले उम्मेद्वारी फिर्ता लिए, उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी चुनावका लागि उम्मेद्वारी फिर्ता लिएका छन् ।

बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवार नबन्ने निर्णय गरेका हुन् । उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उमेद्वारमा बाइडेनले समर्थन गर्ने भएका छन् ।

सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै बाइडेनले आफु निर्वाचनको दौडबाट पछि हटेको जनाएका हुन् ।

अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबिच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ’निराशाजनक’ भएको भन्दै उनलाई उमेद्वारी फिर्ता लिन दबाब बढेको थियो ।

बाइडेनले देशवासीलाई सम्वोधन गर्दै आफ्नो औपचारिक घोषणा गर्ने जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved