जापानमा दिवालियापन दशककै उच्चस्तरमा : सर्वेक्षण

नेपालभ्युज

जापानमा दिवालियापन दशककै उच्चस्तरमा : सर्वेक्षण

टोकियो । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट दिवालियापन वर्षको पहिलो छ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर एक दशककै उच्चस्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको हालैको सर्वेक्षणले देखाएको छ ।

जनवरीदेखि जुनसम्म कूल दिवालिया हुनेको सङ्ख्या चार हजार आठ सय ८७ पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैङ्कले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।

दिवालिया हुनेमा उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको तथ्याकंले देखाएको छ ।

यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको छ ।

टेइकोकुले निजी खपतमा कमीबाहेक कर्पोरेट दिवालिया हुने सङ्ख्या अझ बढ्नसक्ने अनुमान गर्दै यो सम्भवतः सन् २०२४ को सम्पूर्ण वर्षमा १० हजारभन्दा बढी हुने बताएको छ ।

जापानी कम्पनीहरूले जुन महिनामा मात्रै कूल आठ सय सात कानूनी लिक्विडेशन प्रक्रिया अघि बढाएका छन् । यो वार्षिक रूपमा वृद्धिको लगातार २६ औँ महिना हो । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved