काठमाडौं । घुस लिने मात्र होइन, दिनेलाई समेत सार्वजनिक अपराध ऐनअन्तर्गत वा भ्रष्टाचार ऐन अन्तर्गत मुद्दा चलाइँदै आएको छ । तर, अघिल्ला सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले हिजो मात्र आफूले ५००० रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षामन्त्रालय अन्तरगर्त सानो ठीमीमा ५ जार रुपैयाँ घुस दिएको आएको घोषणा गरेका हुन् ।
उनले भने, ‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टाचारको कुरा गछौँ ।’’
पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !
Facebook Comment
Comment