साढे ६१ अंकले बढेको सेयर बजारमा १५ अर्बको कारोबार

नेपालभ्युज

साढे ६१ अंकले बढेको सेयर बजारमा १५ अर्बको कारोबार
प्रतीकात्मक तस्वीर
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल कायमै रहेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ ।
सेन्सेटिभ इन्डेक्स १३ दशमलव ५३ अंकले बढ्दा फ्लोट इन्डेक्स ४ दशमलव ३३ अंकले बढेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा होटेल पर्यटन, निर्माण र व्यापार कम्पनी बढेको छ ।
युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved