काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने बताए ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन सरकारको प्राथमिकतामध्ये एक भएको बताए ।
उनले भने, ‘‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ ।’’
भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको उनले सुनाए । ओलीले भने, ‘‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौँ ।’’
प्रधानमन्त्री ओलीले सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने बताए । उनले भने, ‘‘जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ ।’’
प्रधानमन्त्री ओलीले संसद्बाट सार्वजनिक गरे एमाले-कांग्रेसको ७ बुँदे सहमति
Facebook Comment
Comment