यूसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

नेपालभ्युज

यूसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

काठमाडौं । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको अमेरिकी सहयोग नियोग यूएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएका छन् ।

नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआइडीको मुख्यालय डिसीमा उनको शपथ गराएकी छन् । कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए ।

उक्त अवसरमा खरेलले यूएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved