संसद्‌मा उठ्यो उपसभामुखमाथि प्रश्न, कांग्रेसले राजीनामा माग्दा माओवादीले भन्यो ‘नैतिक प्रश्न हो’

एमालेका सांसद- भन्छन् महिलाको सम्मेलनमा जान पुरुष किन सिफारिस ?

‘‘संसद्सँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’’

नेपालभ्युज

संसद्‌मा उठ्यो उपसभामुखमाथि प्रश्न, कांग्रेसले राजीनामा माग्दा माओवादीले भन्यो ‘नैतिक प्रश्न हो’

काठमाडौंउपसभामुख इन्दिरा रानामाथि प्रतिनिधि सभाको बैठकमै प्रश्न उठेको छ । अहिले जारी प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुखलाई मानव तस्करसँग जोडेर व्याख्या गर्दै छानबिन र राजीनामा माग गरे ।

असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए ।

प्रतिनिधि सभामा कुनै पत्र आए सभामुख हुँदा महासचिवमार्फत् परराष्ट्रमन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भनेर उनले प्रश्न गरे ।

सांसद खतिवडाले भने, ‘‘संसद्सँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’’

माओवादी सांसद् माधव सापकोटाले पनि यो प्रकरणमा उपसभामुखप्रति नैतिक प्रश्न रहेको टिप्पणी गरे । साथै उनले संवैधानिक परिषद्मा आफ्नो सदस्य राख्ने नियतबाट उपसभामुखलाई प्रश्न नउठाउन आग्रह गरे । उपभामुख राना रास्वपाबाट हुन् । उपभामुख संवैधानिक परिषद्मा सदस्य हुन्छन् ।

उपसभामुखको भिसा सिफारिस प्रकरणमा कांग्रेसले भन्यो- मान्छे बेच्नेहरू यतैकतै छन्, संसद्लाई कन्सल्टेन्सी बनाइयो

एमाले सांसद् भन्छन्-  मान्छे बेच्ने उपसभामुख चाहिएको होइन

संसदमा एमाले सांसद् दामोदर वैरागीले पनि उपसभामुखले पदिय मर्यादाविपरित कार्य गरेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको बचाउको विरोध गरे ।

उनले भने, ‘‘मैले मानव तस्करी गरेको ओ भन्ने कुरो उपभामुखकै पत्र बोल्छ । तर फेरि देशको चौथो दल हौँ, नयाँ हौँ भनेर अंग्रेजीमा भाषण गर्ने हो विज्ञप्ति बढियो । लेनदेन छ भन्ने सुनियो । हामीलाई मान्छे बेच्ने यस्तो उपसभामुख चाहिएको होइन । महिलाको सम्मेलनमा जान पुरुष सिफारिस गरियो ।’’

उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र

रास्वपाको प्रतिरक्षा

संसदमामा रास्वपा सांसदले भने उपसभामुखको बचाउ गरेको छ । सांसद सुमना श्रेष्ठले उपसभामुखको संसदमा प्रतिरक्षा गरिन् ।

उनले भनिन्, ‘‘तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल गर्‍यो । मानवतस्करीजस्तो ठूलो आरोप तपाईँहरूले यस्तो सजिलोसँग डिक्लेयर गर्नुभयो । डिक्लेयर गर्नु न त भुटानी शरणार्थी प्रकरण कसले गरेको हो ? त्यो आँट छ ? एउटा महिला जसले यस्तो कठिन समयबाट यो ठाउँमा आउनुभएको छ । उहाँलाई हेप्न नखोज्नुहोला । एक वर्ष अगाडिदेखि पत्र हातमा राखेर बसिरहनुभएको रहेछ, कुन बेला ठोकौँ भनेर । ल्याङल्याङ मिडिया ट्रायल गरेर चरित्रहत्या गर्न खोज्ने ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved