न्यूरोड फुटपाथ विवाद : सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष, फर्कियो डोजर

नेपालभ्युज

न्यूरोड फुटपाथ विवाद : सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष, फर्कियो डोजर

काठमाडौं । फुटपाथ विस्तार गर्ने महानगरको निर्णयको विरोधमा काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।

फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् ।

उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् ।

स्थानीयको विरोधपछि महानगरपालिका फुटपाथ विस्तार गर्ने कार्यबाट पछि हटेको छ ।

व्यापारी र स्थानीयवासीको विरोध चर्किएपछि तत्कालका लागि महानगर पछि हटेको हो । महानगरले फुटपाथ विस्तार गर्न लगेका डोजर समेत त्यहाँबाट हटाएको छ ।

यो सँगै फुटपाथ विस्तार पनि अलपत्र परेको छ । न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर अहिले अलपत्र अवस्थामा छ ।

गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको हो । तीन दिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर न्यूरोडबाट हटाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved