गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं । देशभर अहिले बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइहरको छ ।

कोशी प्रदेशका पनि केही भेगमा वर्षा जारी रहेको मौसम विज्ञान विभागले जनएको छ ।

आज दिउँसो पनि कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने विभागले अनुमान गरेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १ दशमलव ४ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै विरेन्द्र नगरमा ५८ दशमलव ७ मिलिमिटर वर्षा भएको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved