काठमाडौं । भारतीय अभिनेत्री श्रद्धा कपुरले राहुल मोदीसँगको सम्बन्ध पुष्टि गरेदेखि नै उनीहरूको विवाहको चर्चा भइरहेको छ ।
श्रद्धालाई अक्सर विवाहको बारेमा प्रश्न सोधिने गरिन्छ । फिल्म ‘स्त्री २’ को ट्रेलर लञ्चको क्रममा अभिनेत्रीलाई विवाहसँग सम्बन्धित प्रश्न सोध्दा उनले फिल्मी शैलीमा जवाफ दिएकी छन् ।
फिल्मको ट्रेलर लञ्चको क्रममा श्रद्धा कपुर सुनौलो रातो साडीमा ग्ल्यामरस मेकअप र बाँधिएको कपालमा निकै सुन्दर देखिएकी थिइन् । यसै क्रममा उनले आफ्नो बिहेको कुरा गरिन् । जब अभिनेत्रीलाई सोधियो – आज तिमी दुलही जस्तै सजिएर आएकी छौ, वास्तविक जीवनमा कहिले दुलही बन्ने ?
यो प्रश्नको जवाफ श्रद्धाले हास्यास्पद ढंगले दिइन् । उनले भनिन्, ‘म नारी हुँ, जतिबेला दुलही बन्न चाहन्छु, त्यही बेला बन्छु ।’
श्रद्धाको बहुप्रतिक्षित फिल्म स्त्री २ अगस्त १५ मा रिलिज हुँदैछ । यो फिल्म ‘स्त्री’ को सिक्वेल हो । यस फिल्मलाई लिएर श्रद्धा कपुर निकै उत्साहित छिन् ।
श्रद्धा कपूर केही समयदेखि पटकथा लेखक राहुल मोदीसँग डेट गरिरहेकी छिन् । गत महिना श्रद्धाले इन्स्टाग्राममा राहुल मोदीसँग आफ्नो सम्बन्धको औपचारिक घोषणा गरेकी थिइन् ।
Facebook Comment
Comment