काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक शक्ति दुई-चार जनाको जमात मात्र हुन नहुने बताए । शनिबार आफ्नो पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘दुई/चार जना मान्छे जम्मा हुने, एउटा एजेन्डा उठाउने, वैकल्पिक शक्ति भन्ने त्यसो भइरहेको छ, अहिले । तर, त्यसो हुनुहुँदैन । त्यो वैकल्पिक शक्ति होइन । नेपालमा भने त्यो चलेको देखिन्छ ।’ उनले भने ।
दलभन्दा नि सोच नयाँ चाहिने उनको भनाइ छ ।
माओवादी परित्याग गर्दाको कुरा कोट्याउँदै उनले भने, ‘म माओवादी एक्लै निस्किएको हो । एउटा नयाँ सकारात्मक सोचका साथ अघि बढ्नलाई त्यो कार्य गरेँ । तर, मैले कसैलाई छोडेको पनि होइन, गाली गरेको पनि होइन ।’ उनले भने ।
उनले आफू पुरानो पृष्ठभूमिबाट भएपनि सोच, विचार र शैलीले नयाँ रहेको बताए । त्यसकारण पुरानाको सम्मान गर्दै नयाँमा टेकेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment